पर्यटक भित्र्याउन नमूना शहर फिदिममा भ्यूटावर बन्ने

आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यले पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो ।
भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिनुभयो । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाख विनियोजन भइसकेको पोटेले जानकारी दिनुभयो ।
भ्यू टावर निर्माण बन्ने भएपछि स्थानीयले ६ रोपनी जग्गा समेत रजिस्ट्रेसन पास ग िरदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासीहरु बताउँछन् । भ्यू टावर निर्माण पछि पूर्वका विभिन्न स्थानबाट तथा बाह्य पर्यटकसमेत भित्र्याउन सकिने स्थानीयवासीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार