सैनिक कारबाहीमा ८ जना तालिवान आतंककारी मारिए

एजेन्सी÷अफगानिस्तानको उत्तरी प्रान्त सरी पुलमा अफगान सैनिकले जारी राखेको कारबाहीको क्रममा आठ तालिवान आतङ्ककारी मारिएका छन् ।  सैनिक स्रोतका अनुसार सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको र अन्य पाँच आतङ्कककारी घाइते भएका छन् ।
कारबाहीको क्रममा सुरक्षाकर्मी र सर्वसाधारणको हताहतको भने खवर नभएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट ३५० किलोमिटर उत्तरमा पर्ने यस स्थानमा भएको यस कारबाहीको क्रममा सुरक्षाबलले ११ वटा मोटरसाइकलसमेत कब्जामा लिएको बताइएको छ । अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाकु विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार