हारको बाबजुत पनि रियल फाइनलमा


च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा घरेलु टोली एटलेटिको म्याड्रिडसंग २–१ ले पराजित भए पनि रियल मड्रिड फाईनलमा प्रवेश गरेको छ । एथ्लेटिकोसंको खेलममा समग्रमा ४–२ को गोल अन्तरको जित दर्ता गर्दै रियल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुवातमा निकै आक्रामक देखिएको एटलेटिकोका लागि १२औं मिनेटमा साउल निगुएजले कर्नरमा हेडर मार्फत गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फर्नान्डो टोरेसलाई बक्सभित्र राफेल भारानले फल गरेपछि एट्लेटिकोले पेनाल्टी पायो । १६औं मिनेटमा एन्टोइन ग्रिज्मनले पेनाल्टीलाई सहि सदुपयोग गर्दै गोलमा परिणत गरे र एट्लेटिकोले २–० को अग्रता दिलाए ।
पहिलो हाफको अन्त्य हुनुभन्दा १ मिनेट अगाडी रियलका लागि इस्कोले गोल गरे । बाँकी समयमा गोल हुन नसकेपछि रियलले युभेन्टससंगको फाइनल खेल पक्का गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार