पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम


बर्दिया÷ पर्यटन प्रवद्र्धन गर्नका लागि थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ राजापुर नगरपालिका–८ सदुवा बडघरमा अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
बेस संस्था बर्दियाको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि यज्ञराज चौधरीले स्थानीय थारू जातिका थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवृद्धनका विषयमा आफना विचार व्यक्त गर्नु भएको थियो । उहाँहरुले थारू समुदायमा परम्परादेखि नै चल्दै आएको बरघर महतवा भलमन्सा प्रथालाई राष्ट्रियस्तरमा पु¥याउन र संस्थागत गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

थारू कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा युवालाई जागरुक बनाउने र थारू साँस्कृतिक कलाको राष्ट्रियस्तरसम्म विकास र पहिचान गराउन आफूहरु सधैँ लागिपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बर्दिया जिल्लाका स्थानीय क्षेत्रमा रहेका थारू जातिका प्रसिद्ध मघौटा नाच, हुर्दुङ्गुवा नाच, झुम्री नाच, सखिया नाच, लट्ठी नाच लगायत थारू सांस्कृतिक नृत्य कला प्रतियोगितामा बर्दिया जिल्लाका १० वटा समूहभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहेको छ । कार्यक्रम सभापति बडघर भलमन्सा महतवा महासंघ बर्दियाका जिल्ला अध्यक्ष रामशाही थारूको अध्यक्षता भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार