नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो


झन्डै दुई दशक पछि हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत बढेको छ  । विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरुको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चासो व्यक्त गर्दै चुनाव निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुने फोरमका अध्यक्ष प्राध्यापक तथा बेलायतका क्युसी सूर्य सुवेदीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, । विज्ञप्तिमा भनीएको छ ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पुरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं ।’
फोरमले गणतन्त्र कार्यान्वयनमा देखिएका अन्य व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मोर्स विश्वविद्यालयमा आगामी जुन २५ मा अन्तराष्ट्रिय सम्मेलन पनि आयोजना गर्न लागेको छ । सुवेदीका अनुसार सम्मेलनले नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गर्नेछ ।
उक्त संस्थाका संस्थापक सदस्य तथा कोषाध्यक्ष लिभरपुल जोन मोर्स विश्वविद्यालयका प्राध्यापक एवं असोसिएट डिन पदम सिंखडाको संयोजनमा हुन लागेको हो । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष तथा लिड्स विश्वविद्यालयका प्राध्यापक एवं बेलायतका क्युसी सूर्यप्रसाद सुवेदीले गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार