पत्रकार उपचार कोषमा सहयोग जुट्दै


झापा÷पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा सहयोग जुटेको छ ।

घाइते तथा बिरामी पत्रकारलाई सहयोग गर्ने उद्देश्यले महासंघले एक करोड बराबरको कोष पु¥याउने लक्ष्य लिएकामा विभिन्न संघसंस्था, व्यक्ति, उद्योग प्रतिष्ठान तथा पत्रकार स्वमंले पनि सहयोग प्रदान गरिरहेका छन् ।
यसैबीच, कोषका लागि बिर्तामोड निवास व्यवसायी निर्मल भट्टराईले ५० हजार सहयोग प्रदान गर्नुभएको छ । भट्टराईले उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।
महासंघ शाखा अध्यक्ष तारामणि सापकोटाले उपचार कोषमा रकम बढ्दै गएकामा सहयोगीहरु प्रति आभार प्रकट गर्नुभयो । उहाँले महासंघको यस अभियानमा सहयोग गर्न सबैसंग आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार