निर्वाचनलाई ध्यानमा राख्दै होटल, रेष्टुरेन्ट तथा दोहोरी साँझ बन्द गर्न प्रहरीको अपिल


चितवन÷ जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ । रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन सार्वजनिक अपिल गरएको चिवतनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनका अवधिमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो । प्रहरी उपरीक्षक थापाले जिल्लामा शान्ति सुरक्षा कडा पारिएको भन्दै मतदान केन्द्रको पाँच सय मिटर वरपर मदिरा निषेध गरी कडा सुरक्षा प्रदान गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार