विश्वभरीका ९९ देशमा साईबर आक्रमण


एजेन्सी÷विश्वभरीका ९९ वटा देशका सयौँ संघ संस्थामाथि श्रृंखलावद्ध साइबर आक्रमण भएका छन् । अमेरिका, बेलायत, रुस, चीन, स्पेन, इटली लगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीहरुले बताएका छन् ।

साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन् । उनीहरुले कम्युटरलाई पुनःकाम गर्ने बनाउन तीन सय डलर माग गरेको जनाइएको छ ।
आतंककारी विरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञहरुले बताएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंकारी विरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार