मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री निधीको आग्रह


उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिनुभयो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३÷७४’ तयार गरी सो अनुसारको स्थानीय तहमा वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको गृहमन्त्री निधीले जानकारी दिनुभयो ।
निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरीका २२ हजार ५७५, सशस्त्र प्रहरीका १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइएको मन्त्री निधीले बताउनुभयो । उहाँले भन्नुभयो ‘थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।’ मत खसाल्ने काम सम्पन्न भएपछि मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार