आलुले उचित मुल्य नपाउँदा किसान मारमा


दाङ÷आलुले उचित मूल्य नपाउदा किसान मारमा परेका छन् । भारतीय आलु बजारमा आयात गरिंदा यहाँका किसानले उत्पादन गरेको आलुको मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको हो । उचित मूल्य नपाएपछि किसानले उत्पादन गरेको आलु बिक्री गर्न छाडेका छन् ।
यतिबेला आलु १४ रुपैंयाँ प्रतिकिलो समेत बिक्री हुन छाडेको किसान जीवराज तिवारीले बताउनुभयो । “उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ,” उहाँले भन्नुभयो । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।
केही साता अघिसम्म आलु प्रतिकिलो २० देखि २५ रुप्पैंयाँ सम्ममा बिक्री हुँदै आएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागवानीका अधिकृत धनराज गौतमका अनुसार जिल्लामा यो वर्ष आलु उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३३० मेट्रिक टन आलु उत्पादन भएको छ । गत वर्ष करिब ३०० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार