कार्यवाहक राष्ट्रपतिद्वारा दोश्रो चरणको निर्वाचनमा जुट्न अपिल


कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन पासाङले स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा सम्पन्न भएको बताउनु भएको छ । उहाँले सरकार र राजनीतिक दललाई आपसी सम्वाद, सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गरी दोस्रो चरणको निर्वाचनमा जुटन अपिल गर्नु भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई संविधान कार्यान्वयनको ऐतिहासिक सफलताको संज्ञा दिदै उहाँले दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचनपछि उहाँले जारी गर्नु भएको धन्यवाद सन्देशमा भनिएको छ ‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ ।

संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’ संघीय संरचनामा मुलुक गइसकेकाले यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको अभ्यास गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार