ला लिगाः बार्सिलोना र रियल दुवै विजयी


एजेन्सी÷ स्पेनी ला लिगामा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड दुवै विजयी रहेका छन् । यस जितले उपाधिको होड लिगको अन्तिम दिनसम्म चल्ने निश्चित भएको छ ।
लिग तालिकामा दुवैको सामन ८७ अंक रहेको छ । बार्सिलोनाले रियलको तुलनामा एक खेल बढी खेलेको छ । बार्सिलोनाले नेयमारको ह्याट्रिकमा लास पाल्मासलाई ४–१ ले हरायो ।
यस्तै रियलले क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले सेभियालाई ४–१ ले हरायो । यसक्रममा रोनाल्डो रियलका लागि चार सयौं गोलको उपलब्धी पूरा गर्न सफल भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार