सगरमाथा आरोहणका लागी बाटो खुल्यो ।

टुरिजमन्युज, जेठ १ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम पुरा भएको छ । ११ जना शेर्पा सहित ३ जना व्रिटिस नागरिकहरुले सोमबार दिउसो सवा एक बजे चुचुरोसम्म डोरी टांगेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलक पाण्डेले बताउनुभयो ।

चुचुरोसम्म डोरी टांगेपछि आरोहणका लागी बाटो खुला भएको छ । “आजबाट चुचुरोसम्मको बाटो तयार भयो, अब एक दुर्इ दिनमा नै धेरै आरोहीहरुले आरोहण गर्छन् पाण्डे भन्नुहुन्छ ।῎ आरोहणको तयारी गर्दै आधारशिविरमा बसेकाहरु पनि आजै विभिन्न क्याम्पसम्म जान थालेका छन् ।

मे महिनाभरि नै आरोहण जारी रहने विभागले जनाएको छ । यो सिजनमा ४२ बटा एक्सपीडिसन टोलीले आरोहण अनुमती लिएका छन । सरकारले भुकम्पले आरोहण गर्न नसकेकाहरुलार्इ २ बर्षसम्म छुट समय उपलव्ध गराएको थियो । सोही समय सकिन लागेकाले पनि आरोहण दल धेरै भएको पर्यटन विभागले जनाएको छ । आरोहण दल र आरोही धेरै भएकाले आधारशिविरमा बस्नका लागी उपयुत्त ठाउहरु नभेटिएको आरोहण दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार