कैलाली भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि


आव २०७३÷७४ मा दुई अर्ब सात करोड ४० लाख आठ हजार सङ्कलनको लक्ष्य लिएकामा गत चैत मसान्तसम्ममा एक अर्ब ८३ करोड ८२ लाख ८८ हजार संकलन गरेको छ । कार्यालयले लक्ष्य प्राप्तिका लागि रु २३ करोड ५६ लाख २० हजार राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयले आव २०७२÷७३ मा दुई अर्ब ९६ करोड तीन लाख ६४ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा तीन अर्ब ११ करोड ४४ लाख ३३ हजार संकलन गरेको थियो । कार्यालयले चैत महिनामा सबैभन्दा बढी २६ करोड ५२ लाख राजस्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार