३३ जनाले सगरमाथाको शिखर चुमे ।

टुरिजमन्युज, जेठ २ । तीन बटा एक्सपीडिसन टोलीका ३३ जनाले मंगलबार सगरमाथाको सफल आरोहण गरेका छन् । ‌गोर्खा एक्स आर्मीका ४ जना आरोही र ४ जना शेर्पा, एसियन्ट हिमालय एक्सपीडिसनका ११ जना आरोही र १२ जना शेर्पा, ड्रिम हिमालय एक्सपीडिसनका भारतीय महिला अन्सु र एक जना आरोहण सहयोगी शेर्पा गरी ३३ जनाले सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलक पाण्डेले बताउनुभयो । सातादिन पर्खदा समेत चुचुरोसम्म डोरी टांग्न असफल भएपछि निराश बनेका शेर्पाहरु सोमबारको लामो प्रयास पछि आरोहणका लागी बाटो खोल्न सफल भएका थिए ।

बाटो तयार भएसगै आधारशिविरम बसेका आरोहीहरु उकालो लाग्न थालेका छन । अहिले आरोहीहरु सगरमाथामा क्याम्प २, क्याम्प ३ र ४ मा पुगेर बसेका छन । उनीहरु मौसम अनुकुल हुनासाथ शिखर चुम्ने दाउमा छन । पर्यटक विभागका अनुसार यस वर्ष आरोहणका लागि ४२ वटा आरोहण दलबाट ३ सय ७४ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ लाख रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ । नेपाल सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सयभन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथा बाहेक ल्होत्से हिमालका लागि ११ दलका १ सय ११ जनाले नुप्सेमा ३ दलका २४ अनुमति लिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार