ओबामा फाउन्डेशनमा एक करोड ३० लाख डलर संकलन


एजेन्सी÷ ओवामा फाउन्डेसनले सन् २०१६ मा एक करोड ३० लाख अमेरिकी डलर संकलन गरेको सोमबार जनाएको छ । फाउन्डेसनका लागि सहयोग गर्ने मध्ये सबैभन्दा धेरै एक करोड लुकास फेम्ली फाउन्डेसनले सहयोग गरेको फाउन्डेसनद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

लुकास फाउन्डेसन चर्चित चलचित्र निर्माता जर्ज लुकासको हो ।
यसै महिनाको सूरुतिर पूर्व राष्ट्रपति बाराक ओवामाले राष्ट्रपति केन्द्रको बनोट तयार गर्दा तीन ओटा भवनको बनोट तयार पारिएको थियो । उहाँले त्यहा संग्राहलय, पुस्तकालय, सार्वजनिक भवन बनाउने योजना छ । बहुउपयोगी राष्ट्रपति केन्द्र बनाउनका लागि पूर्वराष्ट्रपति ओवामाले अभियान नै चलाउनु भएको छ । फाउन्डेसनको केन्द्रीय कार्यालय चिकागोमा छ । शाखा कार्यालय एउटा वासिङटनमा पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार