मौसम विग्रिएपछि आरोहण भएन ।

टुरिजमन्यज, जेठ ३ । सगरमाथामा बाटो खुलेको तेश्रो दिन आज कुनै पनि एक्सपीडिसन टोलीले चुचुरो चुम्न सकेनन् । एक्कासी मौसम प्रतिकुल भएपछि कुनै पनि टोलीले चुचुरो चुम्न नसकेका पर्यटन विभाग पर्वतारोहण महाशाखाले जनाएको छ ।


अहिले आधारशिविरदेखी क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री हुदै क्याम्प चार अर्थात अन्तिम विन्दुमा पुगेर आरोहीहरु बसेका छन । उनीहरु मौसम सुधार हुदासाथ शिखर चुम्ने दाउमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलक पाण्डले बताउनुभयो । सगरमाथामा बाटो खुलेयता ४७ जना शिखरमा पुगेका छन ।

सोमबार १४ जना र मंगलबार ३३ जना गरी ४७ जनाले शिखर चुमेका हुन । सगरमाथा आरोहणका लागि ४२ बटा समुहले विभागबाट अनुमती लिएका छन ।
जसमा ३ सय ७४ जना आरोहीहरु रहेका छन भने उनीहरुका साथमा करिव सोही सख्यामा आरोहण सहयोगी शेर्पाहरु रहने सम्पर्क अधिकृत पाण्डले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार