अष्ट्रेलिया औसत आयु मापनमा चौथो स्थानमा


एजेन्सी÷विश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिबेदन अनुसार नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अष्ट्रेलिया चौथो स्थानमा उक्लिएको छ । यस सूचीको पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका क्रमशः जापान, सिङ्गापुर र स्विट्जरल्याण्डलाई पछ्याउँदै अष्टे«लियाले चौथो स्थानमा औसत नागरिक दीर्घ जीवनमा विश्व–नेताको उपाधि हासील गरेको छ ।
सफा, सुग्घर र प्रदूषणमुक्त नगरहरुमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्वहरुले अष्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढाउन टेवा पु¥याएको पनि उक्त प्रतिबेदनले औंल्याएको छ ।
यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा विश्व भरिकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा बृद्धि भै रहेको तथ्य विश्व स्वास्थ्य संगठनका प्रवक्ता डा. कोलिन म्याथर्सले अष्ट्रेलियन ब्रोड्क्यास्टिङ्ग कर्पोरेसन (एबिसी) सञ्चार माध्यमलाई बताएका छन् ।
बिश्व स्वास्थ्य संगठनका एकसय चौरान्नब्बे सदस्य राष्ट्रहरुमाझ गरिएको अनुसन्धान र परीक्षणबाट सो निष्कर्ष निकालिएको थियो । डा. म्याथर्सका अनुसार स्वास्थ्य सम्बन्धी राष्ट्रिय जनजीवनका अन्य प्रमुख क्षेत्रमा पनि अष्ट्रेलियाले अग्रस्थान ओगटेको छ । विश्वभरको गर्भधारण वा सुत्केरी अवस्थामा मातृ मृत्यु दर अष्ट्रेलियामा सबैभन्दा न्यून रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार