त्रिशूलीमा जलयात्रा महोत्सव हुने


आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएशन अफ् ¥याफ्टिङ एजेन्टस् (नारा)ले  जलयात्रा (¥याफ्टिङ) महोत्सव गर्ने भएको छ ।
राफ्टिङका लागि प्रख्यात त्रिशूली नदीमा जलयात्रा (राफ्टिङ) महोत्सव हुने भएको हो । यही जेठ १३ गते अर्थात मे २७ तारिख शनिवार त्रिशूलीमा २९ औं जलयात्रा महोत्सवको आयोजना गर्न लागेको हो नाराले जनाएको छ ।
हरेक वर्ष आयोजना गरिने यस महोत्सवमा यस वर्षको जलयात्रा त्रिशूली नदीको बेल्खुबाट सुरु भइ मलेखु पुगेर सम्पन्न हुनेछ । एक दिने कार्यक्रमका लागि नाराले राफ्टिङ गर्न इच्छुक व्यक्तिहरुलाई प्याकेज समेत दिएको छ । २ हजार रुपैयाँ तिरेपछि पर्यटक बसमा आउन÷जान, करीब ५ घण्टा बराबर राफ्टिङ गर्न र बफेट लन्चको समेत व्यवस्था गरेको नाराका सचिव शिव अधिकारीले जानकारी दिनभयो ।
नाराले यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाएको छ । राफ्टिङ गर्ने नेपालीहरुको संख्यामा वृद्धि हुँदै जाँदा नाराले उनीहरुलाई नै मध्येनजर गरेर कार्यक्रम आयोजना गरेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो । हिमालयन ह्वाइटवाटर च्यालेन्ज, नेशनल राफ्टिङ च्याम्पियनशीप, नदी सफाइ कार्यक्रम तथा विभिन्न रिभर गाइड तालिम पनि हरेक वर्ष क्यालेन्डर नै बनाएर गर्दै आएको उहाँले बताउनुभयो । जलयात्रा महोत्सव नाराको बार्षिक कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार