कोरियाली अधिकारीहरुको नेपाल भ्रमण हुने


काठमाडौं÷ दक्षिण कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष डा. लि डाई ह्यून तथा दक्षिण कोरिया क्यालभिन विश्वविद्यालयका डिन पार्क जी च्वेन तथा चान्र्सलर योन इकासिया नेपाल मार्शल आर्टस् हाप्किडो संघको विशेष निमन्त्रणामा ४ दिने भ्रमणमा नेपाल आउने भएका छन् । भ्रमण आउँदो जेष्ठ ९ गते देखी १२ गते सम्म हुनेछ । भ्रमणका व्रmममा नेपालको खेलकुद, शिक्षाको क्षेत्रमा विशेष छलफल हुने भएको छ ।


केही दिन अघि नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्ति मगर दक्षिण कोरियामा रहँदा सिओल मेट्रोपोलिटान (सिओल सहर)मा रहँदा, विश्व मार्शल आर्टस् हाप्किडोका अध्यक्ष तथा नेपालको तर्फबाट घर्तिमगरले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने त्रिपक्षीय सम्भौता भएको थियो । साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्ने आश्वासन प्राप्त भएको घर्तिमगरले जानकारी गराउनु भएको छ ।


लि, पार्क र योनको नेपाल भ्रमणको समयमा पूर्व सम्झौता, प्रतिवद्धताहरुलाई कार्यान्वयनको लागि विस्तृत योजना समेत बनाईने हाप्किडो अध्यक्ष घर्तिमगरले जानकारी दिनुभएको छ । नेपालको हाप्किडो खेललाई अझै प्रभावकारी बनाउन र यसको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण, प्रशिक्षकहरु तयारीमा समेत यो भ्रमण प्रभावकारी हुने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार