खुकुरी प्रहारबाट दुई घाइते

रसुवा÷ खुकुरी प्रहारबाट उत्तरी रसुवाको स्याफ्रुबेंसीमा एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का २९ वर्षीय थुर्पु साङ्बो तामाङ छन् । उनको टाउको र कानमा गम्भीर चोट लागेका कारण अपराह्न काठमाडौँस्थित ग्रान्डी अन्तराष्ट्रि«य अस्पतालमा लगिएको छ ।
खुकुरी प्रहार गर्नेको खोजी भइरहेको र प्रहरीले जनाएको छ । उक्त घटनाको विरोध गर्दै स्थानीय बासिन्दाले भने स्याफ्रुबेंसीस्थित राजमार्गमा टायर बाली दोषीमाथि कारबाही गर्न माग गरेका छन् । आक्रोशित भिडले स्याफ्रुबेंसीस्थित प्रहरी चौकीमा तोडफोडसमेत गरेको छ । स्थिति साम्य पार्न थप सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।
नौकुण्ड गाउँपालिकास्थित यार्सामा पनि गए राति खुकुरी प्रहार हुँदा एक युवक घाइते भएकामा ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घाइते र दोषीको नाम ठेगाना नखुलेको बताइएको छ । पक्राउ परिसकेकाहरुलाई सदरमुकाम लगिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार