प्रवासीको सहयोगमा खोटाङमा एम्बुलेन्स ।

टुरिजमन्युज, जेठ ०६ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एम्बुलेन्स उपलब्ध गराएको छ । विरामीलार्इ समयमा नै उपचार सेवा उपलव्ध गराउने उद्धेश्यले एक थान एम्बुलेन्स उपलब्ध गराएको समाजले जनाएको छ । यसअघि खोटाङ सेवा समाज युकेले पनि सात एम्बुलेन्स उपलब्ध गराएको थियो । त्यसको ठीक महिना दिनपछि खोटाङ सेवा समाज दोहा कतारले पनि थप एक एम्बुलेन्स उपलव्ध गराएको हो ।
कतार, मलेसिया, साउदी अरब, दक्षिण कोरिया लगायतका देशमा कार्यरत युवाबाट सङ्कलित १८ लाख बराबरको रकमबाट एम्बुलेन्स खरिद गरिएको हो । खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार