पर्यटक लोभिदै ।

सगरमाथा क्षेत्रमा मात्र बार्षिक ४० हजारको हाराहारीमा पर्यटकहरु आउने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार यो संख्या अझ बढ्दो क्रममा रहेको छ । हिमाल र हिमाली मनोरम दृश्यहरुसग रमाउन र शहासीक पर्यटन गतिविधीहरुमा सहभागी हुन आउनेहरुको संख्यामा कुनै कमि छैन । जसका कारण सगरमाथा क्षेत्रको प्रबर्धन र विकासमा टेवा पुग्नुका साथै अर्थतन्त्र समेत बलियो भएको सम्बद्ध अधिकारीहरु बताउछन् । टुरिजमन्युजका लागि तयार पारिएको फोटो फिचर :-

यही मनोरम दृश्यमा लोभिएर संसारभरीका पर्यटकहरु खुम्बु क्षेत्रमा आउछन् । विशेष गरी स्प्रीङ सिजन आरोहणका लागी र अक्टोबर सिजन दृश्याकलोकनका लागी उपयुत्त मानिन्छ । यतिबेला आरोहण सिजन चलिरहेकाले अधिकाशं हिमालको काखमा या त हिमाल चढ्नका लागी यसरी लम्किरहेका छन ।

सगरमाथा क्षेत्रमा घुम्न आउने पर्यटकहरुको सामान ढुवानीका लागि भरियाकै भर पर्ने गरिएको छ । पर्वतारोहणका सामानहरु याक मार्फत ढुवानी गरिए पनि बाकी सामानहरु ढुवानीका लागी भरियालार्इ नै प्रयोग गर्ने गरेका हुन ।

जसका कारण पर्यटकीय सिजन शुरु हुनपुर्व नै पर्यटकको भारी बोक्न भन्दै रामेछाप, दोलखा, भोजपुर, संखुवासभा, ओखलढुङां र जिल्लाका अधिकाशं भेगका नागरिकहरु सगरमाथा क्षेत्र पुग्छन । ट्रेकिङका सामानहरु भरिया मार्फत ढुवानी गरिए पनि आरोहणका सामानहरु याक (स्थानिय भाषामा जोक्पे) लार्इ बोकार्इन्छ । त्यसैले खुम्बु क्षेत्रमा याकलार्इ पनि सामान ढुवानीको भरपर्दो माध्यमको रुपमा लिने गरिएको छ ।

पर्यटकको चापका कारण हिमालका काखहरु भरिएका छन । अझ यो सिजनमा एक्सपीडिसन टोली बढी नै भएकाले बस्नका लागी उपयुत्त ठाउहरु समेत नपाएको गुनासो छ । शुरुमा पुगेकाहरुले छानिछानि ठाउ ओगटेपछि पछि पुग्नेहरुलार्इ समस्या भएको एक्सपीडिसन टोलीहरुले बताएका छन् ।

नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल । हिमालको पर्यटन बेचेर नेपालले विदेशी मुद्रा आर्जन गरिरहेको छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन गर्नका लागि पनि पर्यटक आउने गरेका छन् । तर यसलार्इ विश्वकै पर्यटकको आकर्षणको केन्द्रविन्दुका रूपमा फैलाउन सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार