सगरमाथा क्षेत्रमा आरोहणले चुनावी चहलपहल सुस्त ।

टुरिजमन्युज, जेठ ०६ । सगरमाथा क्षेत्रमा बढ्दो पर्यटकीय चहलपहलका कारण चुनावी गतिविधी सुस्ताएको छ । आरोहण सिजन चलिरहेकाले खुम्बु क्षेत्रमा अधिकाशं व्यबसाय सञ्चालन र आरोहणका लागि आधारशिविरमा रहेका छन । जसका कारण पनि चुनावी गतिविधी सुस्ताएको राजनीतिक दलहरुले बताएका छन ।

जेठ ३१ मा हुने चुनावका लागी नेकपा एमाले बाहेक अरु दलहरु चुनावी प्रचारमा समेत जुट्न सकेको छैन । नेकपा एमाले खुम्बु पासाङल्हमु गाउपालिकामा सवै उम्मेद्धारको टुगों लागेको छ । कार्यकर्ता भेटघाट र चुनावी प्रचार कार्यक्रम भर्इरहेको छ भन्नुहुन्छ नेकपा एमाले खुम्बु पासाङल्हमु गाउपालिकाका अध्यक्षमा उम्मेद्धार निमदोर्जी शेर्पा ।

साविकको चौरीखर्क, नाम्चे र खुम्जुङका अधिकाशं स्थानमा कार्यक्रमहरु सम्पन्न भर्इसकेको पनि शेर्पाले बताउनुभयो । खुम्बु पासाङल्हमु गाउपालिकामा १० बटा मतदान केन्द्र रहेको छ । जसका ४ हजार ४ सय ४९ जना मतदाता रहेका जिल्ला निबार्चन कार्यालय सोलुखुम्बुले जनाएको छ । चुनाव आउन करिव तीन साता पनि बाकी छैन । यतिञ्जेलसम्म पनि त्यहा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले स्थानिय उम्मेद्धार तय गरेका छैनन् ।

नेकपा माओबादी केन्द्रका नाम्गेल शेर्पा भन्नुहुन्छ सिजनका कारण घरमा कोही भेटिदैन । बुढापाका र केटाकेटीहरु मात्र रहेकाले चुनावी सभाहरु गर्न समेत सकिएको छैन । थोरै समयलार्इ बढी नै सदुपयोग गर्ने पार्टीको रणनीति रहेको बहाले बताउनुभयो । तर विपक्षिहरुले भने स्थानिय निकाय र स्थानिय तहका बारेमा अन्यौलमा रहेका जनताहरुप्रति दलहरु जिम्मेबार बन्न नसकेको आरोप लगाएका छन । मतदाता शिक्षा कार्यक्रमहरु पुन: सञ्चालन गरिएको छ । तर सवैका घर घरमा संयमसेवक पुग्न सक्नेमा धेरैले शंका व्यत्त गरेका छन भने यहाका केही मतदान केन्द्र मतदाताहरुलार्इ अपायक परेको गुनासोहरु समेत सुनिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार