साता दिनमा सय बढीले चढे सगरमाथा ।

टुरिजमन्युज, जेठ ८ । एक साताको बीचमा सय जना बढीले सगरमाथाको शिखर चुमेका छन । आरोहणमा गएकाहरुमध्ये करिव १ सय ३० जनाले शिखर चुमेका पर्यटन विभागले जनाएको छ । मौसम अनुकुल हुदा दैनिक ३५/४० ले आरोहण गरिरहेको सम्पर्क अधिकृत तिलक पाण्डेले बताउनुभयो ।

सगरमाथा आरोहणका लागी यस पटक ३ सय ७४ जनाले विभागबाट अनुमति लिएका छन । सयौंको संख्यामा आरोहीहरु मौसम अनुकुलता कुरेर बसेका छन । गत सोमबारदेखि आरोहणका लागि चुचुरोसम्म बाटो तयार भएको थियो ।

यस्तै सगरमाथा आरोहणका क्रममा अर्का आरोही अमेरिकी चिकित्सक रोल्याण्ड एयरउडको मृत्यु भएको छ । ८ हजार ४ सय मिटर उचाईको बाल्कोनीमा बहा मृत अवस्थामा भेटिनु भएको थियो । आरोहण सकिएर फर्कने क्रममा मृत्यु भएको हो वा चढ्दै गरेकाबेला हो भन्नेबारे नखुलेको जनाएको छ ।  एयरउड एभरेष्ट परिभार एक्सपिडिसन कम्पनी मार्फत सगरमाथा आरोहणमा जानुभएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार