ला लिगाको उपाधि पाँच वर्षपछि रियलको पोल्टामा

स्पेनिस ला लिगाको यस सिजनको उपाधि रियल मड्रिडको पोल्टामा परेको छ । गएराति भएको खेलमा मालागालाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै रियलले ५ बर्षपछि उपाधि जित्न सफल भएको हो । अर्काे खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले इबारलाई ४–२ ले पराजित गरेपनि ३ अंकले पछि परेको बार्सलोना जितको हकदार बन्न सकेन ।
रियललाई उपाधिका लागि बराबरी खेलेपनि पुग्ने थियो । बार्सिलानाका लागि जितसँगै रियल पराजित हुनु आवश्यक थियो । रियलको जितका लागि खेलको दोस्रो मिनेटमा कप्तान रोनाल्डोले गोल गरे भने ५५ मिनेटमा करिम बेन्जामले गोल गरे ।
बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सीले २ गोल तथा सुवारेज र जुन्काले १–१ गोल गरे । इबारको लागि इन्वीले दुई गोल गरे । उपाधि विजेता रियल मड्रिडले ३८ खेलबाट ९३ अंक जोड्यो भने बार्सिलोनाले ३८ खेलबाट ९० अंक मात्रै जोड्न सफल भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार