अशुंको नया किर्तिमान ।

टुरिजमन्युज, जेठ ०९ । यो सिजनमा दुर्इ पटक सगरमाथा आरोहण गर्ने अनुमति लिएका एक भारतीय महिला अंशु जम्सेन्पाले दुवै आरोहण पुरा गरेकी छन् । जम्सेन्पाले मे १६ र २१ तारिख गरी दुर्इ पटक सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सगरमाथामा बाटो खुलेको भोलीपल्ट नै उनले सगरमाथाको सफल आरोहण गरेकी थिर्इन ।

यो सिजनमा दुर्इ पटक आरोहण गर्ने र छोटो समयाबधिमा आरोहण गर्ने उनी एक मात्र आरोही बनेकी छिन ।

भारतको अरुणाचल प्रदेशकी जम्सेन्पा दुई सन्तानकी आमा हुन । उनले यस अघि पनि दुईचोटि सगरमाथाको आरोहण गरेको थियो । यो उनको दोस्रो पटक हो। यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा उनले आरोहण गरेकी थिइन्।

अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ।

अशुं सहित यो सिजनमा फरक खालका किर्तिमान कायम गर्न जेष्ठ नागरिक ८४ बर्षिया मिन बहादुर शेरचन र कञ्चनजंगा हिमाल आरोहणका लागि महिला आरोही टोलीले विभागबाट स्वीकृति लिएका थिए ।

यस्तै मौसम अनुकुल भएपछि आरोहणका लागी आरोहीहरुको भिड बाक्लिन थालेको छ । सोमबार एकै दिन सय जना भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार