मोटो जिपीका पूर्व च्याम्पियन हेडेनको निधन


मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको निधन भएको छ । हेडेन प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते हुनुभएको थियो । उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा उहाँको निधन भएको हो ।
रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहनुभएको अवस्थामा कारले ठक्कर दिएको थियो । मे १७ मा उहाँ अस्पताल भर्ना हुनुभएको थियो । मौरिजियो बुफालिनी अस्पतालले प्रेस विज्ञप्तीमार्फत हेडेनको निधनको खबर सार्वजनिक गरेको हो । अमेरिकी नागरिक ३५ वर्षीय हेडेनले २००६ को मोटो जीपी च्याम्पियनसिपको विजेता हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार