आरोहण सकिएर फर्किएका शेर्पा हराए।

धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका सोलुखुम्बु चौरीखर्क ३ ठाडोकोसीका ३० बर्षिया आङनिमा शेर्पा बेपत्ता भएका छन ।

हिमालयन एक्सपेडिसन मार्फत भारतीय एयर फोर्सका १४ सदस्यीय आरोहीको टोलीको नेतृत्व गरी त्यहा पुगेका शेर्पा धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविरबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टर मार्फत खोजी गरिएको थियो । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको बतार्इएको छ । शेर्पाका श्रीमती सहित २ जना बालबच्चाहरु रहेका छन ।

हिमालयन एक्सपीडिसनबाट नै आधिकारीक रुपमा शेर्पा हराएको जानकारी पाएको श्रीमती पसी शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार