पर्यटकले भरिभराउन मानसरोवर

पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर, दर्शन गर्न जाने पर्यटकहरुले भरीभराउ हुन थालेका छन् । भारतीय पर्यटक बढेपछि यतिबेला मानसरोवर दर्शन गर्न जाने पर्यटकहरुले भरीभराउ भएको हो ।  नेपालगञ्ज विमानस्थल हुँदै हुम्ला सिमीकोटबाट मानसरोवर जाने भारतीय तीर्थालु पर्यटकहरुको केही समय यता चाप बढेको हो ।
मानसरोवरमा जाने पन्ध्र सयभन्दा बढी भारतीय पर्यटक सिमकोट भित्रिसकेको त्यहाँका होटल व्यवसायीले जानकारी दिएका छन् । सिमकोटका होटल यतिबेला भारतीय पर्यटकले भरिभराउ छन् ।
हुम्लाको सिमीकोटबाट पर्यटकलाई हिल्सासम्म ओर्सान विमानस्थलमा तीनवटा सिम्रिक, १ डायनमिक, १ माउण्टेन, र १ श्रीएयरको हेलिकप्टर सञ्चालनमा रहेका छन् ।
सिमीकोटदेखि हिल्सासम्म भारतीय पर्यटक ओर्सान दैनिक हेलिकप्टरले ४० देखि ५० वटा उडान भर्ने गरेको छ । यतिबेला कैलाश मानसरोवर दर्शनमा जाने पर्यटकको संख्या बृद्धि भएसंगै एयरपोर्टमा जहाजको चाप बढेको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार