मुलुक संघीयतामा गएसंगै स्थानीय तहमा बैक शाखा पु¥याउने गृहकार्य


मुलुक संघीयतामा गएसंगै सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेका छन् । स्थानीय तहको निर्वाचनसँगै आर्थिक कारोबार वृद्धि हुने भएकाले बैंकका शाखा पुर्याउन लागिएको हो । नगरपालिकामा बैंकको शाखा भए पनि धेरै गाउँपालिकामा पुग्न सकेका छैनन् ।
बैंकको शाखा विस्तारका लागि अहिले शाखा नपुगेका ठाउँको तथ्यांक संकलन भइरहेको अर्थ मन्त्रालयको वित्तीय समन्वय महाशाखाले जनाएको छ । अहिले प्रारम्भिक चरणको गृहकार्यमा भइरहेकाले कुन गाउँपालिकामा बैंकको शाखा पुगेको छैन, तथ्यांक आइसकेपछि शाखा पु¥याउन नीतिगत व्यवस्था गर्ने महाशाखाले जनाएको छ ।
सुविधा नपुगेका ठाउँमा शाखा पु¥याउने दायित्व नेपाल राष्ट्र बैंकको भएकाले मौद्रिक नीतिमार्फत त्यसको व्यवस्था हुने बताउनुभयो । यसअघि अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा बैंकिङ सुविधा पु¥याउने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिनुभएको थियो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पेन्सन, वृद्ध, अपांग भत्ता बैंकमार्फत वितरण गर्ने घोषणा गरेको थियो । तर, ग्रामीण क्षेत्रमा बैंकका शाखा नहुँदा सर्वसाधारणले भत्ता लिन सदरमुकामसम्म धाउनुपर्ने स्थिति छ । राष्ट्र बैंकका अनुसार हाल २८ वाणिज्य बैंक, ५४ विकास बैंक, ३३ वटा फाइनान्स कम्पनीका १ हजार ९ सय ८८ शाखा सञ्चालनमा छन् । यसमध्ये अधिकांश शाखाहरूसमेत सहरोन्मुख क्षेत्रमा मात्रै छन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले देश संघीयतामा गएसँगै ७ सय ४४ स्थानीय तहमै बजेट र आर्थिक कारोबार बढ्ने भएकाले बैंकहरूको पनि शाखा विस्तार हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार