युरोपा लिगको उपाधि म्यान्चेष्ट युनाइटेडलाई


एजेन्सी÷ युरोपा लिगको उपाधि म्यान्चेष्ट युनाइटेडले जितेको छ । गएराती सम्पन्न खेलमा पल पोग्बाले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै अग्रता दोब्बर पार्यो । क्रिस स्मलिङको पासमा हेनरिक मिखीतार्यानले गोल गर्दै युनाइटेडलाई २ गोलले अगाडी बढाए ।
यो जितसँगै युनाइटेडले आफ्नो इतिहासमा जित्न बाँकी रहेको एकमात्र उपाधि पनि हात पारेको छ । यस उपाधिसँगै घरेलु लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको लागि पनि छनोट भएको छ । आफुले खेलेका १४ मध्य १२ फाइनल खेल जितेका प्रशिक्षक जोसे मोउरिन्होले युनाइटेड उपाधिको हकदार रहेको अभिव्यक्ति दिए ।
यो नतिजासँगै म्यानचेस्टर युनाइटेडको सिजन सफलतापुर्वक अन्त्य भएको छ । लिगमा खराब प्रदर्शन गर्दै छैटौं स्थानमा चित्त बुझाउन बाध्य युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गर्यो । यससँगै युनाइटेडले अब खेलाडी किनबेचमा ठुलो रकम खर्चिन पाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार