पहिलो पटक आयोजित मिसेस नेपाल यूके २०१७ को प्रतिस्पर्धामा सोलुखुम्बुकी संगिता


लन्डन फ्यासन हाउसले पहिलो पटक मिसेस नेपाल यूके २०१७ को आयोजना गर्दैछ । नेपाली मूलका लण्डनमा बस्दै आएका विवाहित महिलाहरुका लागि लन्डन फ्यामस हाउसले पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गरेको हो । मिसेस नेपाल यूके २०१७ मा सोलखुम्बुकी संगिता मगर पनि प्रतिस्पर्धि हुनुहन्छ ।
मिसेस नेपालमा १७ जना प्रतिस्पर्धिहरु सहभागी छन् । यो प्रतिस्पर्धाले महिलाको ब्यक्तिगत, सामाजिक र बौद्धिक क्षमताको विकास गर्ने मिसेस नेपालका सहभागी संगिता मगर भारतिले बताउनुभयो । ‘विवाह पछि पनि महिलाहरुले आफ्नो विविध क्षमता प्रस्तुत गर्न सक्छन् भन्नका लागि यो प्रतियोगितामा प्रतिस्पर्धिको रुपमा आएको हुँ’ कन्टेष्टेन नम्मर १५ रहेकी संगिता मगर भारतिले भन्नुभयो । बाल्यकालदेखिनै यो क्षेत्रप्रति आर्कर्षित मगर सोलुखुम्बु जिल्लाको नेलेमा जन्मनु भएको हो भने हाल लण्डनमै बस्दै आउनुभएको छ ।
मिसेस नेपालमा आस्था जोशी बटाजु, प्रिया मोक्तान लामा, रुप श्रेष्ठ अमात्य, अम्रिता गिरी गजुरेल, रफि श्रेठ, शर्मिला पचाइ थापा, सोनु राजभण्डारी श्रेष्ठ, प्रिमा पन्त भट्टराइ, निरु श्रेष्ठ, सिता भण्डारी त्रिपाठी, मञ्जु शाह, अन्जु श्रेष्ठ, पुनम गुरुङ, गिता श्रेष्ठ, संगिता मगर भारति, गिता बस्नेत पाण्डे र सिर्जना पाण्डे प्रतिस्पर्धि रहेका छन् ।
यतिबेला मिसेस नेपाल यूकेको प्रतिस्पर्धाका लागि प्रतिस्पर्धिहरुलाई लन्डन फेसन हाउसले तालिम दिंइरहेको छ । प्रतिस्पर्धिहरुले मिसेस नेपाल यूके पब्लिक सोइस अवार्डका लागि लन्डन फ्यासन हाउसको पेजमा गएर फोटोमा लाईक र सेयर गरिदिन समेत अनुरोध गरेका छन् ।
मिसेस नेपाल यूके २०१७ अहि जुन २ मा लन्डन साउथ ह्यारोमा हुँदैछ । मिसेस नेपाल यूके २०१७ का विनरले आकर्षक ज्वेलरी उपहार पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार