विभिन्न कार्यक्रमसहित टानले स्थापना दिवस मनाउँदैं


काठमाडौं÷ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले विभिन्न पर्यटन कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाउने भएको छ । मे २९ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको टानले ५ किलो मीटरको टान दिवस दौड आयोजना गर्ने भएको छ ।
पर्यटनका लागि दौड नारा सहित मालीगाउँस्थित टानको कार्यालयबाट शुरु हुने दौड गैरिधारा, क्षेत्रपाटी, चाक्सीबारीमार्ग, दरबारमार्ग हुँदैं भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा पुगेर टुङ्गिने टानले जनाएको छ । टानको दौडमा सहभागी हुन चाहने नेपाली र विदेशी सहभागीहरुागि तीन सय रुपैंयाँ दर्ता शुल्क छ ।
दौडमा सहभागीहरुलाई टिसर्ट र कम्पनीको नामसहितको चेष्ट नम्बर प्रदान गरिने टानका दोस्रो उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
सोहि दिन नेपालमा १० औं अन्तराष्ट्रिय सगरमाथा दिवस पनि मनाइदैंछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार