रोनाल्डोलाई कर छलेको आरोप, ५ वर्ष जेल सजायको माग


एजेन्सी÷ रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ ।
स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेको फैसला गर्नेछन् ।
रोनाल्डोले तीन बर्षको अवधिमा करिब ६ मिलियन युरो कर बुझाएका थिए । तर कर एजेन्सीका अनुसार उनले थप १५ मिलियन युरो बराबर कर छलेका छन् । कर एजेन्सीले रोनाल्डोविरुद्ध कर छलीको मुद्दा हाल्दै कम्तिमा ५ बर्ष जेल सजायको माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार