गोमा एयरको जहाज दुर्घटनामा घाइते क्याप्टेन पारसकुमार राईको निधन

काठमाडौंबाट लुक्लाको लागि उडेको ९ एन–एकेवाई गोमा एयरको जहाज दुर्घटनामा परी घाइते हुनुभएका चालक दलका क्याप्टेन पारसकुमार राईको ज्यान गएको छ । क्याप्टेन राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा निधन भएको हो ।
खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा चालक दलका दुई तथा एयरहोस्टेज सहित ३ जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते हुनुभएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार