दुर्घटनामा परी गम्भिर घाइते भएका सह चालकको पनि निधन ।

टुरिजमन्युज, १४ जेठ । काठमाडौंबाट लुक्लाको लागि उडेको 9N–AKY कल साईन भएको गोमा एयरको जहाज दुर्घटनामा परी गम्भिर घाइते हुनुभएका सह चालक सृजन मानन्धरको पनि निधन भएको छ । उपचारका क्रम स्थानिय अस्पताल पासाङ ल्हमु निकोल निकी अस्पतालमा शनिबार बेलुकी सवा नौं बजे बहाको निधन भएको ईलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा चालक दलका दुई सदस्य गम्भिर घाईते भएका थिए । परिचारिका प्रज्ञा महर्जन सामान्य घाईते हुनुभएको थियो । गम्भिर घाईते दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।

महर्जनलार्इ थप उपचारका लागी काठमाडौं लैजान प्रयास गरिरहेको भए पनि बाक्लो हस्सु लागेर लैजान समस्या भर्इरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । रुखमा ठोक्किएर विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । यसअघि सोही स्थान नजिकै तारा एयरलाईन्सको जहान दुर्घटनामा परेको स्थानियले बताएका छन । घटनासग सम्बन्धित थप तस्विरहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार