त्रिशूलीमा जलयात्रा सम्पन्न

राफ्टिङ्का लागि प्रख्यात त्रिशूली नदीमा जलयात्रा (राफ्टिङ) महोत्सव सम्पन्न भएको छ । नेपाल असोसियसन अफ राफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा २९ औ राफ्टिङ् कार्यक्रम त्रिशूली नदीको बेल्खुबाट मलेखुसम्म भएको हो ।
कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । त्रिशुली खोलामा स परिवार राफ्टिङ् पछि सचिव अधिकारीले फोहोरहरु खोलामा यत्रतत्र फालिएको विषयलाई सरकारले गम्भिर रुपमा लिएको बताउनुभयो । नदी हाम्रो सभ्यता हो यसलाई वचाउन स्थानियहरुको समेत साथ सहयोग आवश्यक पर्ने भएकोले त्रिशुली नदी वचाउन साझेदारीमा काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।
पर्यटन विभागका अधिकृत रिशिराम भट्टराईले राफ्टिङ् कम्पनीहरुले स्थानियको साझेदारीमा नदी सफाईको नेतृत्व लिन सकेमा त्रिशुलीले पुर्नजन्म पाउने  बताउनुभयो । क्रसर, वालुवा खानी संचालन तथा नदी आसपासमा रसायनिक ढल मिसाउँदा त्रिशुलीको अस्तित्व संकटमा परेको त्रिशुली वचाउ अभियानका अध्यक्ष उत्तम कडेलले उल्लेख गर्नुभयो ।


नाराका अध्यक्ष चन्द्र दाहालले नेपालका सवै नदीनालाई बचाउन आफुहरुले निरन्तर आवाज उठाइरहे पनि सरकारी वेवास्ता, नितिगत अप्ठयारा र स्थानियको असहयोगको कारण त्रिशुली नदी सवैभन्दा प्रदुषित बनेको बताउनुभयो । त्रिशुली राफ्टिङ् को लागी सहज र उपयुक्त गन्तव्य भएकोले १० वर्ष अघिको जस्तो ह्वाइट वाटरमा गराउन सके पर्यटकहरुको आकर्षण बढ्ने नेपाल पर्यटन बोर्डका अमिर द्योलाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार