दुर्इ दलित युवाले चढे सगरमाथा ।

टुरिजमन्युज, १४ जेठ । सोलुखुम्बुका २ जना दलित युवाहरुले सगरमाथाको सफल आरोहण गरेका छन । विजय घिमिरे र चौरीखर्कका प्रकास सुन्दासले मे २२ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका हुन ।

छुवाछुतको अन्त्य, हरेक क्षेत्रमा दलित तथा पिछडिएका बर्ग सक्षम छन् भन्ने सन्देश विश्वभर फैलाउन र दलित युवाहरुलार्इ थप उर्जा प्रदान गर्न आफुले सगरमाथाको सफल आरोहण गरेको सुन्दासले बताउनुभयो ।

मेरा, आईलाम्पिक, लबुचे लगायतका दर्जनौं हिमाल आरोहण गरेर अनुभव संगालेका दुर्इ दलित युवाहरुले पहिलो पटक सगरमाथाको गरेको बताएका छन । प्रकास सुन्दासले हिमालयन ट्रेल बेल्जेर एक्पीडिसन मार्फत एक्सट्रा गाईडका रुपमा सगरमाथाको सफल आरोहण गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार