एमालेले नगरपालिकाको उम्मेद्धार टुंङ्गायो, कांग्रेस सकसमा ।

टुरिजमन्युज, १५ जेठ । नेकपा एमाले सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिकाको उम्मेद्धारको टुङ्गो लगाएको छ । नेकपा एमालेले लामो कसरतपछि मेयरका लागी आङ दामी शेर्पा र उपमेयरका लागी कल्पना रार्इलार्इ उम्मेद्धार बनाउने निर्णय गरेको हो । जिल्लाकै एक मात्र नगरपालिका क्षेत्रमा उम्मेद्धार बन्न ८ जना आकांक्षी देखिएपछि उम्मेद्धार छान्न नेकपा एमालेलाई निकै सकस परेको थियो । जिल्लामा सहमती जुट्न नसकेपछि आकांक्षीहरुको नाम प्रदेश कमिटीमा पठाईएको थियो ।

सकसका बीच पनि एमालेले स्थानिय तहको चुनाव हुन करिव १५ दिन बाकी रहदा उम्मेद्धारको टुङ्गो लगाएको नेकपा एमाले प्रचार विभागले जनाएको छ । नगरपालिका बाहेकका स्थानिय तहहरुमा उम्मेद्धार तय भर्इसकेका छन । दुधकोशी र दुधकौशिका गाउपालिकामा घोषणा सभा आयोजना गरी उम्मेद्धारको नाम सार्वजानिक गरिएको छ भने बाँकी गाउपालिकाहरुमा पनि घोषणा सभाको तयारी भर्इरहेको निर्वाचन प्रचार विभागका संयोजक विर उदाश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नेपाली काग्रेस सोलुखुम्बुले अहिलेसम्म उम्मेद्धारको टुङ्गो लगाउन सकेको छैन । एक नगरपालिका सहित ७ स्थानिय तहका लागी अहिलेसम्म उम्मेद्धारको टुङ्गो लगाउन नसकेको नेपाली काग्रेस सोलुखुम्बुले जनाएको छ । बल बहादुर केशी र आङ गेलु शेर्पा पक्षधरबाट छुट्टा छ्ट्टै उम्मेद्धारहरुको सुची प्राप्त भएपछि सहमती गर्न समस्या भएको र निकै सकस परिरहेको बताईएको छ । समयमा नेतृत्व चयन गर्न सक्दा कार्यकर्ताहरु भने रुष्ट बनेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार