दोस्रो चरणको निर्वाचन असार ९ मा

जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको र प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसदमा लगिने सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले बताउनुभयो ।
त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार