एभरेष्ट म्याराथन दौडको उपाधि पुरुषतर्फ सुमन र महिलातर्फ निरकलालार्इ ।

टुरिजमन्युज, १५ जेठ । तेन्जिङ हिलारी एभरेष्ट म्याराथन दौडको १५ औं संस्करण पुरुषतर्फको उपाधी सोलुखुम्बु गुदेलका समुन कुलुङ र महिला तर्फ सोलुखुम्बु बुङकी निरकला कुलुङले जितेका छन् । सगरमाथाको आधारशिविरदेखि नाम्चे बजारसम्मको करिव ४२ किलोमिटरको दुरी ३ घण्टा ४३ मिनेटमा पुरा गर्दै पुरुषतर्फ कुलुङ प्रथम भएका हुन ।

यस्तै पुरुषतर्फ नै नेपाली सेनाका सुरेन्द्र बस्नेत र वेद बहादुर सुनुवार क्रमश दोश्रो र तेश्रो भएका छन । बस्नेतले निर्धारित दुरी ३ घण्टा ५२ सेकेण्डमा र सुनुबारले ४ घण्टा छ मिनेटमा पुरा गरेका थिए । महिला तर्फ सोलुखुम्बु जुभिङकी पुर्णिमा रार्इ दोश्रो तथा फोर्चेकी दावा डोमा शेर्पा तेश्रो भएका कार्यक्रम व्यवस्थापक शेखर पाण्डेले जानकारी दिए ।

‘एभरेष्ट म्याराथन’ मध्येकै अर्को विधा तर्फ ६० किलोमिटर अल्ट्रारेसमा त्रिभुवन आर्मीका तिर्थ बहादुर तामाङले ६ घण्टा ३८ मिनेटमा दौड पुरा गर्दै प्रथम भए । आर्मी कै मोहन जोशी र पुर्ण तामाङ क्रमश दोश्रो र तेश्रो भए ।

साहसी खेल पर्यटनका रुपमा हिमालय एक्स्पिडिसन एण्ड एडभेन्चर स्पोर्टस् नेपालले सगरमाथा दिबसको अबसरमा हरेक बर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ । यस पटक नेपाली ८२ जना र विदेशी १ सय ४५ जना गरी २ सय २७ जना धावकहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार