नेपालको पर्यटन क्षेत्रमा ८० सेनको पनि प्रतिस्पर्धा हुन थाल्यो : ट्रेकिङ गार्इड खालिङ ।

सोलुखुम्बुको दुधकोशी गाँउपालिका वडा नं ६ साविकको वाकु ५ दिम्कुका शंकर खालिङले दुर्इ दशक भन्दा बढी समय पर्यटन क्षेत्रमा रहेर काम गरे । १४/१५ बर्षको कलकलाउदो उमेरमा पर्यटक भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका खालिङले आफुलार्इ अब्बल कुक र गार्इड हुदै कम्पनी सञ्चालक सम्मको दक्षता लिएर यो पेशाबाट टाढिए ।

नेपालका प्राय सवै पर्यटकीय क्षेत्रहरुका बारेमा खालिङ जानकार छन् । सुदुरपश्चिमका खप्तड, रारा लेक देखि लिएर डोटी, दार्चुला हुदै मध्यपश्चिमका मुस्ताङ, कास्की, मनास्लु, अन्नपुर्ण तल्लो र माथिल्लो डोल्पा, हुम्ला, सिमिकोट, मानसरोबर कैलाश दक्षिणमा लाङटाङ खासा, ल्हासा, तातोपानी लगायतका पर्यटकीय क्षेत्रहरुमा पुगेर खालिङले धेरै अनुभवहरु बटुलेका छन । पर्यटन क्षेत्रमा रहेर काम गर्दा भोगेका खालिङको अनुभव र बर्तमान पर्यटन अबस्थाबारे टुरिजमन्युजले गरेको कुराकनी :

पर्यटन पेशामा कसरी लाग्नुभयो ?

२०४१ सालतिरको कुरा हो । म कक्षा ७ मा पढ्दै थिए । त्यो बेला पैसा नहुने पैसा नभएपछि पढ्न पनि समस्या । यतिकैमा म काठमाण्डौं गए । मेरो काका ट्रकिङ लार्इनमा नै काम गर्नुहुन्थ्यो । अनि मलार्इ पनि ट्रेकिङमा लैजानुभयो । खानाको भारी बोक्ने काम स्पीयर भएर म ट्रेकिङ गए । मलार्इ सानै देखेर विदेशीले काम गरेको ज्याला भन्दा टिप्स बढी दिए । त्यसपछी त्यही पैसा लिए घर फर्किए । अनि त्यो पैसाले जिरी नाम्चेसम्म भारी बोके । पछी भारी बोक्ने काम पनि वाक्क लाग्यो । त्यतिबेला मलार्इ फेरी त्यो ट्रेकिङको झल्को लाग्यो अनि ०४७ सालमा फेरी काठमाण्डौं गए । त्यसपछि पहिले काम गरेको अनुभव र चिनेको नाताले किचनमा प्रवेश गराउनुभयो ।

२/३ बर्ष किचेनमा काम गरेपछि र मैले किचनमा प्रयोग गरिने खानाहरुको नाम जान्न थालेपछि विस्तारै कुक को काम गर्न थाले । नजानिदै भए पनि कुकको काम गरे । पछि त्यही काम गर्दा गर्दै मेरो लगाव र दक्षतालार्इ मुल्याङंन गर्दै टिम लिडरले सर्टिफार्इट गर्नुभएर म गार्इड भए । मैले ११ बर्ष गार्इड भएर काम गरे । गार्इड भएर एक बर्ष ट्रेकिङ कम्पनीमा काम गरे ।

लामो समय यो पेशामा रहेर फेरि अहिले यो पेशाबाट अलग हुनुभयो । कारण के थियो ?

१० बर्षयता मैले आफ्नै स्पोन्सर चलाए । स्वीट्जरल्याडको महिला बारबरा मुलर बहा जियोलोजिको सार्इनटिस हुनुहुन्थ्यो । नेपालका ढुङाहरु लैजाने र अध्ययन गर्ने गर्नुहुन्थ्यो । बहाले ति ढुङाहरु नेपाल सरकारको अनुमती विनै संकलन गर्ने र लैजाने गर्नुहुन्थ्यो । ट्रेकिङ परिमट बाहेक ढुङा संकलन गर्न परमिट लिदैन थिए । नेपाल सरकारले कारबार्ही गरेको खण्डमा म सहित उ पनी फस्ने भो । मैले ३ बर्ष यता उनलार्इ निकै सम्झाए परमिट लिन भने उ मानेन् । अनि मैले नेपालको सम्पती यसरी सरकारलार्इ जानकारी नगरार्इ लैजान नमिल्ने बताए पछी उनी मसग रिसार्इन् ।

नेपालको प्राकृतिक सम्पदाहरुलार्इ हामीले माया गर्नुपर्छ । मैले भुगर्भ विभागको स्वास्थ्य महाशाखामा पुगेर यो बारे जानकारी गराए । पर्यटन मन्त्रालयमा गए, प्रहरीलार्इ भने तर कुनै निकायबाट पनि उनलार्इ कारबार्ही गरेन । उल्टो मलार्इ नै दोषी देखार्इयो । त्यसपछि यो पेशाप्रति घृणा लागेर आयो र मैले गत बर्षदेखि गाउमा नै फर्केर रमाउन थाले ।

सवै पर्यटक एकै खालका नहोला नि त ? यति कुरामा क्रुद्ध भएर वा अरु पनि कारणहरु छन ।

धेरै कम्पनीहरुले मलार्इ राम्रो गार्इड मान्छन् । फलो गर्ने पनि सक्छु तर पर्यटन पेशामा मेरो मन चाँही मरिनै सक्यो । किन भने नेपालमा राम्रो र गुणस्तरीय पर्यटकहरु आउदैन् । ४ सय डलरले ३ महिना खाने विदेशीहरु मैले देखेको छु । प्रतिस्पर्धाको जमाना छ । ८० सेनको प्रतिस्पर्धा छ यहाँ । त्यसकारण हामी साधारण कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैनौं । ठुलठुला कम्पनीहरु युरोप, अमेरिका, युकेमा पुगेर एग्रीमेन्ट गर्छन् । १० बर्षे एग्रीमेन्ट हुन्छ एग्रीमेन्टमा अब कति उनीहरु खाने कति प्रतिशत नेपालको कम्पनीलार्इ दिने भन्ने हुन्छ । त्यो हामीले गर्न सक्दैनौं । त्यसैले मैले ट्रेकिङ लार्इनमा भविष्य देखिन । पैदल यात्रामा महंगी, जताततै कच्ची रोड खनेको छ । अब गाडीबालाले कमाउने भो, केही होटलहरुले कमाउने भए । धेरथोर माउन्टेनेरीङको सम्भावना छ ।

पर्यटकको गुणस्तरीयताको कुरा गर्दा साच्चै नै गुणस्तर पर्यटकहरु नेपाल आउनै छाडे त त्यसो भए । तपार्इको विश्लेषणमा ?

हुन त नेपालीले नेपालीलार्इ नै विगार्ने, नेपालीले विदेशीलार्इ विगार्ने अनि विदेशीले नेपालीलार्इ विगारेका हुन । मानौं तपार्इले सिस्टमले पर्यटक ल्याउनुहुन्छ । तर मैले ३ हजार डलर लाग्ने ठाउमा २ हजारमा चलार्इदिन्छु तपार्इको पर्यटकलार्इ । त्यसो भएपछि तपार्इ फेलर हुनुभयो । त्यहा नेपालीले नै नेपालीलार्इ विगारयो एक हिसावले भन्नुपर्दा । अर्को सधैभरी आर्इरहने पर्यटकहरु नै फटाहा हुन्छन् । उसले प्रलोभन देखाएर म यति बर्षमा गुप्र दिन्छु भन्छ । प्रत्येक गार्इडहरु २/३ बर्ष काम गरेर एउटा ल्याप्टप किन्ने, एउटा टेबल किन्ने, एउटा दराज किन्ने, ठमेलमा एउटा कोठा लिने अनि अफिस खोल्छन ।

अब सवै भाषामा पोख्त हुदैन । भाषा राम्रो भए पनि कम्प्युटरमा नलेज हुदैन । कम्प्युटर राम्रो भएपनि एक अर्कामा राम्रोसग लिकं हुन सक्तैंन । अनि विस्तारै यी नै समस्याका कारण कम्पनीहरु चलाउन समस्या हुन्छ । त्यसको दर्ता भएको छ छैन नेपाल सरकारले पनि हेर्दैन । ३ हजार ३५ सय कम्पनीहरु पुगेका छन अहिलेसम्म । त्यो सुचारु छ कि छैन, कर तिरेको छ छैन त्यो नेपाल सरकारलार्इ वास्ताव्यस्ता छैन ।

सरकारी बेवास्ता एकितर छदै छ । त्यसो भए अब के गर्न सकिन्छ । यी तपार्इले भन्नभएको सम्पुर्ण विकृती न्युनिकरणका लागी ?

नेपाल सरकारले यदि सिस्टममा ल्याउने हो भने जडींबुटी यत्रो छ । प्राकृतिक श्रोत र सम्पदाहरु यत्रो छ । म स्वीटजरल्याण्ड गए, त्यहा बनावटी मात्र छ । ५० प्रतिशत मात्र सिस्टममा ल्यायो भने स्वीटजरल्याण्डले नेपाललार्इ नमस्कार गर्नुपर्ने देखे मैले । सिस्टम बसाउन नसक्दा नेपालको हालत यस्तो भएको हो ।

पहिलो कुरा त कम्पनीहरुको बर्गिकरण गरिनुपर्छ । अनि सरकारले नेपालकै दररेट कायम गरेर कम्पनीले लिने चार्ज, राजस्व लगायतका कुराहरु ठ्याक्कै एकै रेसियोमा राख्न सक्यो भने विदेशीलार्इ तानातान गर्दैन, विदेशीहरु पनि अहिलेको जस्तो एक हिसावले छाडा हुदैन । अनि पर्यटन पेशासग जोडिएका सवै नीति नियममा बाधिएपछि आफै विस्तारै सुधार हुदै जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार