दाङमा पाँच पत्रकार चुनावी मैदानमा

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दाङ जिल्लाबाट पाँच जना पत्रकार चुनावी मैदान उत्रदैंछन् । तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका हुन् ।

नेपाली काँग्रेसबाट तीनजना र नेकपा (एमाले) बाट दुईजना गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका छन् ।
रेडियो सञ्जिवनीमा कार्यरत पत्रकार सुवास डिसीलाई नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत पत्रकार प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका–२ को सदस्यमा काँग्रेसले उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–५ को वडा सदस्यमा काँग्रेसले सुरेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ न्यूज २४ टिभीका जिल्ला संवाददाता हुनुहुन्छ ।
त्यसैगरी, एमालेले भीमकान्त बस्याल (सङ्गीत)लाई तुलसीपुर उपमहानगरपालिका–९ को वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । उहाँ यसअघि रेडियो प्रकृति एफएमका स्टेसन मेनेजर हुनुहुन्थ्यो ।
यस्तै, एमालेले रेडियो प्रकृतिमै कार्यरत दुजमान भण्डारी (वर्षात)लाई तुलसीपुर उपमहानगरपालिका–६ बाट वडा सदस्य पदको उम्मेदवार बनाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार