व्यवसाियक रुपमा अलैंची खेतीतर्फ किसान आकर्षित


धादिङ÷मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्षेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् ।
जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँची खेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रिकाका किसान यस खेतीको विस्तारमा लागेका छन् । केही वर्षअघि घर वरपर एक दुई बोट अलैँची लगाएका किसानले अहिले भिरालो र पानी भएको जमिनमा हजारौँ अलैँचीका बिरुवा लगाएका छन् ।
एउटै किसानले १५÷२० रोपनीमा पाँच हजारसम्म बिरुवा लगाएको झार्लाङका रामसिंह तामाङले बताउनुभयो । अलैँचीबाट अबको दुई वर्षमा नै उत्पादन लिन पाउने उहाँको भनाइ छ । यहाँका किसानले खेर गएको सयौँ रोपनी जमिनमा सामूहिक रुपमा अलैँचीखेती गरेका छन् ।
गत वर्ष लगाएको अलैँचीमा फूल लाग्न सुरु गरेको तामाङ बताउनुहुन्छ । अन्न बाली अत्यन्त कम उत्पादन हुने उत्तरी धादिङको झार्लाङ र रिमा भिरालो करिब ३०० रोपनी जमिनमा किसानले अलैँचीखेती गरेका छन् । प्रत्येक परिवारले आफ्नो घरायसी प्रयोजनका लागि समेत धेरथोरै अलैँचीको बिरुवा लगाएको तामाङले बताउनुभयो । यहाँका ३५ परिवार व्यावसायिक रुपमा अलैँची खेतीमा संलग्न छन् ।
अलैँची खेती प्रवद्र्धनका लागि किसानले जिल्ला कृषि विकास कार्यालयसँग प्राविधिक सहयोगका लागि माग गरेका छन् । सकारले ग्रामीण क्षेत्रका युवालाई नगदेबालीतर्फ आकर्षित गर्नसके रोजगारका लागि विदेश जानेको संख्यामा कमी आउने यहाँका किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार