काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

एजेन्सी÷अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कुटनीतिज्ञ व्यक्तित्वहरुको आवास स्थान लक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् ।
आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ । यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार