आर्सनलमा वेंगरको अनुबन्ध थपियो

एजेन्सी÷ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो करार सकिएसँगै क्लबसँग नयाँ अनुबन्धन हुने पक्का भएको छ । क्लब मालिक स्टान क्रोएन्केसँगको भेटघाट पछि उनको करार थपिने पक्का भएको हो ।
वेंगर सन १९९६ मा आर्सनलसँग आवद्ध रहँदै आएका वेंगरको करार यसै सिजन सकिएको थियो ।

उनको प्रशिक्षणमा आर्सनल पहिलो पटक शीर्ष ४ बाट यसै सिजन तल झरेको हो । प्रिमियर लिगमा पाँचौ स्थान हासिल गरेपनि आर्सनलले एफए कप जित्दै समर्थकहरुको मन राख्न सफल रहेको थियो ।
वेंगरले दुई वर्षको नयाँ करारमा हस्ताक्षर गर्ने बताइएको छ । यससँगै वेंगर २१ वर्षसम्म आर्सनलको प्रशिक्षक रहने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार