सगरमाथा आरोहण सकियो, यो पटक ४ सय बढिले शिखर चुमे ।

टुरिजमन्युज,१८ जेठ । स्प्रिङ सिजनका लागी सगरमाथाको आरोहण सकिएको पर्यटन विभागले जनाएको छ । आरोहणका लागी अंग्रेजी मे महिनाभरी मौसम अनुकुल हुने भएकाले अधिकाशं आरोहीहरुले आरोहण सकिसकेको एभरेष्ट एक्सपीडिसनका सम्पर्क अधिकृत तिलक पाण्डेले बताउनुभयो । मे १५ तारिखबाट शुरु भएको आरोहण करिव १५ दिन चलेको थियो । यस पटक साढे ४ सय जना आरोहीहरुले सगरमाथा आरोहण गरेको पर्यटन विभागको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागबाट अनुमति लिएका साढे २ सय जना र सोही संख्यामा आरोहण सहयोगी शेर्पाहरु रहेका छन । सगरमाथा आरोहणका लागि ४२ बटा एक्सपीडिसनका ३ सय ७४ जनाले विभागबाट अनुमती लिएका थिए । तर आफु अनुकुल मौसम नभएर केही एक्सपीडिसन टोलीहरु आरोहण नगरि पर्किएको पनि विभागले जनाएको छ ।

किर्तिमानी ।

यस सिजनमा विभागबाट अनुमती लिर्इ किर्तिमानी कामय गरेका भारतीय महिला अंशु जन्सेन्पालार्इ पर्यटन विभागले प्रमाणपत्र समेत प्रदान गरेको छ । एकै सिजनमा दुर्इ पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी जन्सेन्पालार्इ बुधबार प्रमाणपत्र प्रदान गरिएको पर्यटन विभागका प्रमुख दुर्गादत्त ढकालले जानकारी दिनुभयो ।

आरोहणका क्रममा नया किर्तिमानीहरु काम भएको बारे विभागमा थप जानकारीहरु प्राप्त नभएको पनि प्रमुख ढकालले बताउनुभयो । विभिन्न सञ्चारमाध्यमहरु मार्फत नया किर्तिमानी कामय भएको बारेमा समाचारहरु आएता पनि विभागमा आधिकारी जानकारी आर्इनसकेकाले यसै भन्न नसकिने ढकालको भनार्इ छ । आरोहण सकेर आरोहीहरु फर्कने क्रममा रहेकाले एकिन विबरण आउन समय लाग्ने बतार्इएको छ ।

मृत्यु

सगरमाथा आरोहणका क्रममा यस पटक नेपालका जेष्ठ नागरिक मिन बहादुर शेरचन सहित ४ जना विदेशी आरोहीहरुले ज्यान गुमाएका छन ।

सहासिक पर्यटक बढ्ने संकेत ।

आरोहणका लागि विभागबाट अनुमति लिनेको संख्या उलेख्य रहेकाले यो बर्षको आरोहण समग्रमा सफल भएको विभागको बुझार्इ छ । हिमपहिरो र भुकम्पका कारण आरोहण नहुदा केही निराश बनेका आरोहीहरु यस पटकको आरोहणपछि निकै उत्साहित बनेका छन । जसले गर्दा सहासिक पर्यटकहरु नेपालमा अझ बढ्न संक्ने विभागको आकंलन छ । मौसमका कारण केहीले आरोहण गर्न नसके पनि यो पटकको आरोहण सफल भएको प्रमुख ढकालले बताउनुभयो । तर विभागले भने आधिकारीक जानकारी जुलार्इ पहिलो साताभित्र सार्वजानिक भर्इसक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार