अन्तर्राष्ट्रिय ट्राभल मार्टमा पाँचसय बढीको सहभगिता


काठमाडौं÷नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरियो छ ।
‘नेपाल गेट वे टु दी हिमालय’ मूल नारा रहेको अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा ३३ देशका १०७ ब्लगर्स, ७० जना पर्यटनसँग सम्बन्धित विज्ञ र विभिन्न मुलुकका एक सय भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।
सम्मेलनमा एक अर्का देशका पर्यटकीय उत्पादन, डिजिटल मिडियाको प्रयोग तथा यो क्षेत्रमा भएका नयाँ प्रयोग र ज्ञान एवम् अनुभवको आदान–प्रदान गरिएको थियो । विभिन्न मुलुकबाट आएका विज्ञहरुले पर्यटन बजार, यसका उत्पादन र प्रवद्र्धनका नयाँ उपायबारे सम्मेलनमा जानकारी गराएका थिए ।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले पर्यटनमा नयाँ सोच र दीर्घकालीन उद्देश्यका साथ आयोजित सम्मेलनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक रुपमा अथाह सम्भावना बोकेको नेपाली पर्यटन बजारले अपेक्षित लाभ लिन नसकेको सन्दर्भमा यस्ता अन्तर्राष्टियस्तरका प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपाली पर्यटन क्षेत्रले प्रशस्त लाभ लिने थापाले बताउनुभयो । मन्त्री थापाले पछिल्लो समय व्यावसायिक उद्योगका रुपमा विकास भइरहेको पर्यटनलाई सरकार र निजी क्षेत्रले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्व पर्यटन क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने बताउनुभयो । पाटाका सिइओ मारियो हार्डीले हिमालयको देश नेपालको प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई उजागर गरी विश्य पर्यटनमा नयाँ ‘प्रोडक्ट’ प्रवद्र्धन गर्न यो सम्मेलन सान्दर्भिक हुने धारणा व्यक्त गर्नुभयो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले समय र प्रविधिको मागसँगै नेपालको पर्यटनलाई डिजिटल मिडियामार्फत विश्वभर सहज रुपमा पु¥याउन सकियोस् भन्ने उद्देश्यका साथ आयोजित सम्मेलनले नेपालको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन बोर्डको मुख्य आयोजना तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर आयोजक रहेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब ५०० को सहभागिता थियो ।
बूढानीलकण्ठमा आयोजित सम्मेलनमा मार्टमा हिमालय ट्राभल पत्रिकाको विशेष अङ्कको लोकार्पण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार