फिफा बरियतामा नेपालको सुधार


एजेन्सी फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेको छ । दक्षिण एसियामा शीर्ष स्थानको भारत १०० औं स्थानमा छ ।
पछिल्लो २१ वर्षको इतिहासमा भारत पहिलोपटक सबै भन्दा राम्रो वरियतामा पुगेको हो । दोस्रो स्थानमा रहेको माल्दिभ्स चार स्थान तल झर्दै १५६ औं स्थानमा छ । यस्तै चार स्थान नै तल झरेको अफगानिस्तान १५८ औं स्थानमा रहदा दुई सस्थां झरेको भुटान १६६ औं स्थानमा छ । नयाँ बरियतामा नेपाल भन्दा तल बंगलादेश १९२, श्रीलंका १९७ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।
फिफाको नयाँ वरियताको शीर्ष १० मा कुनै परिवर्तन भएका छैनन् । ब्राजिल, अर्जेन्टिना र जर्मनी शीर्ष तीनमा रहँदा चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विजरल्याण्ड र स्पेन क्रमश चौथोबाट दशौं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार